बागलुङ पुगेका दुर्गा प्रसाईँलाई भाषण गर्न लाग्दा एक युवाले हाने झापड

नेपालभ्युज

बागलुङ पुगेका दुर्गा प्रसाईँलाई भाषण गर्न लाग्दा एक युवाले हाने झापड

काठमाडौं । व्यवसायी तथा ‘भाइरल म्यान’ दुर्गा प्रसाईँलाई बागलुङमा दुर्व्यवहार भएको छ ।  एक कार्यक्रममा गएका उनीमाथि एक युवाले गालामा थप्पड हानेका हुन् ।

भीडमा नमस्कार फर्काइरहेका प्रसाईँलाई एक युवाले नमस्कार गर्दै गएर झापड हानेका हुन् ।

प्रसाईँ भाषण गर्न स्टेज चढ्न लाग्दा झपड हानिएको हो । बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईँ ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ नामको कार्यक्रमको लागि बागलुङ पुगेका हुन् । यसअघि उनलाई काठमाडौंमा कालोमोसो दलिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved