छोरी बलात्कार गर्ने बाबु: हँसियाले हानेर छोराको हत्या गरेको प्रहरीसमक्ष स्वीकार

प्रहरीसँगको भिडिओ बयानमा उनले भनेका छन्, ‘‘मलाई टर्चर गरेको गरै गर्‍याे । मार्छु र काट्छु भनेकोले मैले आँसीले हानेर मारेँ । उसले मलाई पनि मार्न खोज्यो । हान्यो पिट्यो । मैले मारिदिए ।’’

नेपालभ्युज

छोरी बलात्कार गर्ने बाबु: हँसियाले हानेर छोराको हत्या गरेको प्रहरीसमक्ष स्वीकार

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका ४६ वर्षीय छोरा हत्याको आरोपमा पक्राउ परेका ४५ वर्षीय बुबा नयाँराम बुढाले आरोप स्विकारेका छन् ।

उनले प्रहरीसमक्ष आफूलाई टर्चर दिएकाले हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

प्रहरीसँगको भिडिओ बयानमा उनले भनेका छन्, ‘‘मलाई टर्चर गरेको गरै गर्‍याे । मार्छु र काट्छु भनेकोले मैले आँसीले हानेर मारेँ । उसले मलाई पनि मार्न खोज्यो । हान्यो पिट्यो । मैले मारिदिए ।’’

उनीविरुद्ध छोरीमाथि बलात्कारको आरोपसहित किटानी जाहेरी पनि परेको छ । प्रारम्भिक अनुसन्धानमा युवकको बलात्कार घटनासँग जोडिएको इन्स्पेक्टर कृष्णबहादुर खड्काले बताएका छन् । उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको हँसिया प्रहार गरी हत्या गरेको आरोप छ ।

बहिनीलाई बलात्कार गरेको भन्दै दाइ भरतले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सम्बन्धित समाचार-

छोरी बलात्कार गरेपछि घटना लुकाउन छोराको हत्या गर्ने बुबा पक्राउ

किशोरी छोरीलाई बलात्कार, प्रहरीलाई खबर गरेको भन्दै छोराकै हत्या


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved