किशोरी छोरीलाई बलात्कार, प्रहरीलाई खबर गरेको भन्दै छोराकै हत्या

नेपालभ्युज

किशोरी छोरीलाई बलात्कार, प्रहरीलाई खबर गरेको भन्दै छोराकै हत्या
सांकेतिक तस्वीर

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएका थिए ।

सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको बताए ।

बाबुले छोरीलाई बलात्कार गरेको र सोही घटना लुकाउन छोराको हत्या गरेको खुलेको उनले बताए । मृतककी बहिनी घाइते अवस्थामा परेकी फेला परेकी छिन् । उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी छिन् ।

हत्या गर्ने बाबु भारतमा बस्दै आएका थिए । घरमा दाजु बहिनी मात्र बस्थे । गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए । किशोरीले यसबारे कान्छी आमालाई भनिन् ।

उनले बाहिर नभन्न सम्झाइन् । तर, किशोरीले दाइलाई भनिन् । त्यसपछि दाईले बाबुविरुद्ध बलात्कार मुद्दा दर्ता गरे ।

त्यसबेला नै बाबुले धम्की दिएका थिए । मुद्दा परेपछि उनी कान्छी श्रीमतीसहित भागेर भारत गएका थिए । भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

युवकको शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved