बिहेको महिना दिनअघि बक्सिङ खेलाडी मृत भेटिइन्, ‘पूर्वप्रेमी’ पक्राउ

निता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । २७ वर्षीया गोसाईंले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन् ।

नेपालभ्युज

बिहेको महिना दिनअघि बक्सिङ खेलाडी मृत भेटिइन्, ‘पूर्वप्रेमी’ पक्राउ

काठमाडौं । बिहे हुनु ठिक महिना दिन अघि बक्सिङ खेलाडी मृत भेटिएकी छिन् । मंगलबार साँझ ८ बजे भक्तपुरस्थित आफ्नै तीन तले घरको छतमा निता गोसाईं प्राण गइसकेको अवस्थामा भेटिइन् ।

निता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । २७ वर्षीया गोसाईंले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन् ।

नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा उनले रजत पदक जितेकी थिइन । अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो ।

उनी जस्ताको डन्डीमा पासो लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार गोसाईंको आगामी फागुन २ गते विवाह हुँदै थियो । निताको मृत्युपछि भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ ।

पूर्व प्रेमीले दिएको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निताको परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि ती युवक पक्राउ परेका छन् ।

कतिपयले ती युवक निताको साथी मात्र भएको बताएका छन्। कतिपयले दुईबीच विगतमा प्रेम सम्बन्ध रहेको बताएका छन् । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved