४ वर्षकी बालिका पुगिन् सगरमाथा बेस क्याम्प, तोडिन् विश्व कीर्तिमान

नेपालभ्युज

४ वर्षकी बालिका पुगिन् सगरमाथा बेस क्याम्प, तोडिन् विश्व कीर्तिमान

एजेन्सी । एक बालिकाले मात्र चार वर्षको उमेरमा त्यस्तो काम गरेर देखाएकी छन् जुन ठुला मानिसले पनि सहजै गर्न सक्दैनन् । यही कारणले ति बच्चीको चारैतिर चर्चा भइरहेको छ ।

हालै जारा नामकी एक बालिका संसारकै अग्लो हिमाल सगरमाथाको बेसक्याम्पसम्म पुगेकी छन् । यसरी उनी सबैभन्दा कम उमेरमा माउन्ट एभरेष्टको बेसक्याम्प पुग्ने बालिका बनेकी छन् ।

उनी आफ्नो बुवा र सात वर्षको दाईसँग यहाँ पुगेकी हुन् । जारा १७ हजार ५९८ फिट ऊचाईमा स्थिति बेस क्याम्पसम्म कठिन यात्रा गरेर पुग्न सफल भएकी हुन् ।

जाराका बुवा डेविड सिफराको भनाईअनुसार उनले आफ्ना बच्चाको अक्सीजनको मात्रा पनि चेक गरिरहेका थिए र उनीहरुको तस्वीर पनि लिइरहेका थिए ।

डेविडका अनुसार, “चढ्ने क्रममा कुनै पनि समस्या भएन । केही चीज छोडेर सानी जारा धेरै यात्रुलाई पछि पार्दै अगाडि पुगेकी थिइन् ।”

मात्र चार वर्षकी जारा शारीरिक तथा मानसिक रुपमा यति धेरै बलियो कसरी छन् ? भन्ने प्रश्नमा उनका बुवाको भनाई थियो, जारा मेलियामा हुर्किएकी हुन् त्यसैले साना साना हाइक गरिरहेकै थिइन् । जसले गर्दा उनले विश्व कीर्तिमान बनाइन ।

यसअघि सबैभन्दा कम उमेरमा माउन्ट एभरेष्टको बेस क्याम्पसम्म पुग्ने रेकर्ड पाँच वर्षका प्रिशा लोकेश निकजुको नाममा थियो । उनी सन् २०२३ मा त्यहाँसम्म पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved