ओम सुनारको ‘मायाले सजाउँला’ सार्वजनिक

नेपालभ्युज

ओम सुनारको ‘मायाले सजाउँला’ सार्वजनिक

काठमाडौं । गायक ओम सुनारको संगीत तथा स्वरमा ‘मायाले सजाउँला’ बोलको गीत सार्वजनिक भएको छ ।

मूना सिंहको शब्द रहेको गीतको भिडिओ जातीय भेदभावको विषय समेटिएको छ ।

भिडिओमा जातीय भेदभावले निम्तिएको घटना प्रस्तुत गर्दै यस्तो प्रथालाई समाजबाट हटाउनुपर्ने सन्देश समेटिएको छ ।

गायक ओम सुनारकै कन्सेप्टमा तयार भिडिओमा कलाकार अलिसा बास्तोला र ओम आफैँ देखिएका छन् ।

बाल कलाकारका रूपमा टेक नारायण शाहले अभिनय गरेका छन् ।

राहुल विश्वकर्माको गीटार, गोपाल देवको बाँसुरी, भरत बुढाथोकीको मादल र साजन शाहको मिक्सिङ समेटिएको गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् । विमल ढकालले खिचेको खिचेको गीतमा विनोद बमको सम्पादन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved