विपद् न्युनिकरणका लागि नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई गृहमन्त्री श्रेष्ठको सुझाव

नेपालभ्युज

विपद् न्युनिकरणका लागि नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई गृहमन्त्री श्रेष्ठको सुझाव

काठमाडौं । गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल आवश्यक रहेको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले त्यसका लागि काठमाडौं महानगरपालिकाले पहल गर्नु पर्ने बताए ।

२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका हुन् ।

विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा काठमाडौं महानगरपालिकाले आज बिहान न्युरोडमा आयोजना गरेको स्मृति सभामा मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि महानगरपलिकाले गरेको पहल राम्रो भएको बताए ।

भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलमा जोड दिदै उनले त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नु पर्ने बताए ।

‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्युनिकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मोडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved