अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

नेपालभ्युज

अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । विश्वकप खेल्न अफ्रिका पुगेको आईसीसी अण्डर १९ नेपाली टोलीले अभ्यास खेल अन्तर्गत आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ ।

नेपालले यसअघि खेलेका तीनवटै अभ्यास खेल जितेको छ । शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि सुरु हुनेछ ।

विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved