टुँडिखेलमा माघी मेला मनाउनेको भीड, च्यापिएर दर्जनभन्दा बढी घाइते

एकै मात्र गेटबाट भित्र धेरै ठुलो हुल छिर्दा च्यापिएका हुन् । केही घाइतेलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।

नेपालभ्युज

टुँडिखेलमा माघी मेला मनाउनेको भीड, च्यापिएर दर्जनभन्दा बढी घाइते

काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा च्यापिएर एक दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ । टुँडिखेल प्रवेश गर्ने एक मात्रै गेट खुल्ला छ ।

एकै मात्र गेटबाट भित्र धेरै ठुलो हुल छिर्दा च्यापिएका हुन् । केही घाइतेलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टर लगिएको छ ।

घाइते हुनेको संख्या दर्जन भन्दा बढी पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए । प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको गर्नु परेको थियो ।

अहिले पनि प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

तस्वीरहरूः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved