कपालका लागि रामवाण चियापत्तीको पानी

नेपालभ्युज

कपालका लागि रामवाण चियापत्तीको पानी

एजेन्सी । जाडोमा हामीलाई तातो तातो चियाको चुस्की लिन त एकदमै मन पर्छ । चियाले शरीरलाई तातो बनाउँछ पनि । चिया कपालका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ ।

जाडोमा हुने कपालका समस्यामा चियापत्तीको प्रयोग गर्न सकिन्छ । आउनुहोस् यसबारे जानौं–

चियामा एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लामेटरी, एन्टीसेप्टिक तथा एन्टीब्याक्टेरियल गुण पाइन्छ । यो स्वास्थ्यसँगै कपालका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ ।

प्रयोग गर्ने विधि

यो बनाउनका लागि तपाईंले तातो पानीमा दुई देखि तीन चम्चा चियाको पत्ती राख्नुहोस् । यसलाई पाँच मिनेटसम्म उमालेर पकाउनुहोस् । त्यसपछि जब पानी घट्दै जान्छ त्यसलाई अर्को भाँडामा छान्नुहोस् र चिसो हुनका लागि छोड्नुहोस् । अब यस चियापत्तिको पानीले कपाल धुनुहोस् ।

फाइदा

  • जाडोमा कपाल झर्ने समस्या एकदमै आम हो । यो रोक्न चियापत्तीको पानीको प्रयोग गर्न सक्नुहुन्छ । यस पानीमा पाइने पोषक तत्वले कपाल झर्न रोक्छ र त्यसलाई जरादेखि नै बलियो बनाउँछ ।
  • यदि तपाईंको कपाल उमेर अघि नै सेतो भइरहेको छ भने चियापत्तीको पानी लगाउनुहोस् । यसले तपाईंको कपाललाई प्राकृतिक रुपमै कालो बनाउँछ ।
  • चियापत्तीको पानीको सहयोगले तपाईं आफ्नो कपाल चम्किलो तथा मुलायम बनाउन सक्नुहुन्छ । चियापत्ती पानीले कपाल धोएपछि यसको रुखोपन पनि गायब हुन्छ ।
  • चियापत्तीमा पैंथेनाल, भिटामिन ए र बी पनि पाइन्छ । यसले कपालमा मोइस्चराइजिंग एजेन्टको रुपमा काम गर्छ । यसले तपाईंको कपाल लामो समयसम्म हाइड्रेट रहन्छ साथै बढ्न पनि सहयोग पुग्छ ।
  • त्यस्तै जाडोमा हुने चायाँको समस्याबाट पनि यसले छुट्कारा दिन्छ । यसमा पाइने एन्टी अक्सीडेन्ट्सहरुले कपालमा भएका फंगल मार्ने काम गर्छ । जसले गर्दा स्काल्प पनि सफा हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved