छ वर्षिया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

नेपालभ्युज

छ वर्षिया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

सुर्खेत । सल्यानमा छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । शारदा नगरपालिका–६ सापमारामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

आफन्त पर्ने किशोरले बालिकालाई ललाई–फकाई गरेर आफ्नै घरमा लगी गत पुस ७ गते बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्की बताए । ‘आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो’, उनले भने, ‘पक्राउ परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

उनलाई आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved