तपाईंलाई तत्कालै रकम चाहियो ? सहयोगी हुनसक्छ नबिल बैंकको ‘फोन लोन’

तपाईंलाई तत्कालै रकम चाहियो ? सहयोगी हुनसक्छ नबिल बैंकको ‘फोन लोन’

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले ‘फोन लोन’ अर्थात् स्मार्ट फोनमार्फत् नै लोन दिने प्रक्रियाको थालनी गरेका छन् । जसअनुसार नबिल बैंकबाट पनि ‘फोन लोन’ लिन सकिन्छ । नबिल बैंक लिमिटेडले आजभन्दा करिब ४ वर्ष अगाडीबाट नबिल फोन लोन सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले तलबी खातावाहक ग्राहककालागि आवश्यकता अनुसार दुई लाख रुपैयाँसम्म ऋण मोबाइलबाट दिँदै आइरहेको छ । एफवन सफ्ट इन्टरनेशनलको सहकार्यमा बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

कसरी लिने फोन लोन ?

फोन लोन लिन चाहनेहरु नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने छ । साथै नबिल बैंकको खातामा मासिक रेगुलर रकम आउनुपर्ने छ । यसका लागि बैंकले मासिक तलबी ग्राहकलाई प्राथमिकता दिएको छ ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना आफ्नो स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकले लोनको माग पनि गर्न नपर्ने र नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोन (Phone lone) को आइकनमा लोनको लागि अफर आउने बैंकले जनाएको छ । फोन लोन लिन चाहने ग्राहकले सो अफरमा क्लिक गरी सर्ट टम अवधिका लागि रकम सिधै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म फोनलोनमार्फत् कति कर्जा विस्तार भए ?

ग्राहकको अतिरिक्त बैंकिङ कारोबारसँग निहित भएर फोनमार्फत लोन उपलब्ध गराउने भएकाले यसका लागि कुनै धितो आवश्यक नरहने बैंकले जनाएको छ । बैंकले हालसम्म फोनलोनबाट ६३ करोड रुपैयाँ बराबर कर्जा विस्तार गरिसकेको छ । सहज प्रक्रियामार्फत सोझै आफ्नो बैंक खातामा रकम जम्मा हुने भएकाले पछिल्लो समय धेरै ग्राहकको ध्यान फोनलोनले खिचेको बैंकको दाबी छ ।

मोबाइल फोनबाट नै कुनै कागजी प्रक्रियामा नगई छोटो समयमा लोन पास हुने भएकाले यस प्रकारको लोनको अवधि पनि छोटो नै हुन्छ । फोनलोनमार्फत नबिल बैंकले ग्राहकको कारोबारको अवस्था हेरेर प्रतिव्यक्ति ५ सय रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन सक्ने जनाएको छ ।

ब्याज कति लाग्छ ?

फोनलोनमार्फत कर्जा लिएका ऋणीले ब्याजको बेस रेटमा ४ दशमलव ५ प्रतिशत जोडेर आएको ब्याज तिर्नुपर्ने छ । जसको भाखा अवधि १ महिना, ३ महिना, ६ महिना, ९ महिना र १२ महिनासम्मको हुन्छ । जसमा एकमुस्ट कर्जा चुक्ता गर्न नसक्ने ग्राहकका लागि किस्ताबन्दीको व्यवस्था पनि भएको बैंकले जनाएको छ ।

फोनलोनको आकर्षण 

  • कर्जा लिनका लागि कुनै पनि प्रकारको कागजी प्रक्रिया पुरा गर्नु नपर्ने ।
  • स्मार्ट बैंक एपको प्रयोग गरी सजिलै ऋणको लागि आवेदन दिन सकिने
  • छिटो, छरितो र सहज तरिकाबाट तत्काल लोन पास हुने ।
  • लोनको लागि कुनै धितोको आवश्यकता नपर्ने
  • पाँच सय रुपैयाँदेखि २ लाख रुपैयाँसम्म लोन लिन पाइने ।
  • किस्ताबन्दीको व्यवस्था भएकाले तिर्न सहज हुने ।

यस्तो छ ग्राहकको प्रतिक्रिया 

एक अनलाइनमा कार्यरत रोजिना थापा नबिल बैंकको फोनलोनमार्फत् आफ्नो व्यक्तिगत आर्थिक समस्या टारेको अनुभव सुनाउँछिन् । उनका अनुसार त्यो समयमा उनलाई व्यक्तिगत आर्थिक समस्या टार्न केही रकमको आवश्यकता थियो । लोनका लागि उनले साथीसँग कुरा पनि गरिन तर त्यहाँबाट केही पार नलागेपछि उनलाई एक जना साथीले नबिल बैंकको फोन लोनबारे जानकारी दिए ।

उनी सुरुदेखिनै नबिल बैंकको ग्राहक थिइन् । बैंकको स्किम थाहा पाइसकेपछि उनले पनि अनलाइनमार्फत आवेदन दिइन । त्यसको केही समयभित्रै उनको खातामा ४५ हजार रुपैयाँ जम्मा भयो । आफूलाई त्यो अप्ठ्यारो समयमा नबिल बैंक काम लागेको उनी सुनाउँछिन् ।

‘मलाई त्यो अप्ठ्यारो समयमा सजिलै फोनमार्फत् नै नबिल बैंकले ४५ हजार रुपैयाँ मेरो खातामा पठाएको थियो’, उनले भनिन् ‘त्यहिबाट मैले नबिलसँगको कारोबार रकम पनि बढाएको छु ।  कारोबार रकम जति बढी हुन्छ त्यति नै फोनलोन बढी मिल्ने रहेछ ।’

अहिले आफूलाई पैसाको आवश्यक परे नबिलकै फोनलोन मार्फत लिने उनी बताउँछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved