थानकोट-चित्लाङ सडकखण्डमा कार दुर्घटना हुँदा एकै परिवारका चारजनाको मृत्यु

नेपालभ्युज

थानकोट-चित्लाङ सडकखण्डमा कार दुर्घटना हुँदा एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं । थानकोट-चित्लाङ सडकखण्डमा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

प्रदेश ३-०१०२३ च ६९८५ नम्बरको प्राइभेट कार शनिवार दिउँसो दुर्घटना हुँदा एकै परिवारका चारजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौं महानगरपालिका ३० का ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो।

डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी सामान्य घाइते भएकी छन् भने उनकी ६ वर्षकी छोरी स्मारिकाको अवस्था गम्भीर रहेको बताइएको छ।

उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ हिमचुली सेतो पहरा भन्ने ठाउँमा उक्त कार सडकबाट खसेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved