नागरिक उन्मुक्तिले आज नेतृत्व चयन गर्ने , वर्तमान अध्यक्ष रञ्जिताको पनि दाबी

नेपालभ्युज

नागरिक उन्मुक्तिले आज नेतृत्व चयन गर्ने , वर्तमान अध्यक्ष रञ्जिताको पनि दाबी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको जारी महाधिवेशनमा आज नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुदैछ । कैलालीको टीकापुरमा हिजादेखि सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने बताइएको छ ।

अध्यक्ष पदका लागि रेशमलाल चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठ दुवैजनाले उम्मेद्वारी मनोनयन गर्ने तयारी गरेका छन् ।

जेलमा रहदा पार्टी स्थापना गरेका चौधरी पार्टीको संरक्षकका रुपमा थिए । टीकापुर नरसंहारमा दोषी ठहर भएर चौधरी जेल रहेका बेला पत्नी रञ्जिता अध्यक्षतामा चौधरीले उन्मुक्ति पार्टी खोेलेका थिए ।

वर्तमान अध्यक्ष रञ्जिता पनि अध्यक्षमै दोहोरिन चाहेपछि उनलाई मनाउने प्रयास भइरहेको नेताहरुको भनाई छ । सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुबीच छलफल भइरहेको छ । ‘

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved