सन्दीप लामिछाने क्यानबाट निलम्बित

नेपालभ्युज

सन्दीप लामिछाने क्यानबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको छ ।

अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै अदालतले दोषी  ठहर गरेको  भन्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा लामिछानेलाई घरेलु र अन्र्तराष्ट्रिय सबै किसिमका गतिविधिबाट पूर्व कप्तान लामिछानेलाई निलम्बन गरिएको उल्लेख छ ।

जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।

सजाय निर्धारण लगत्तै सन्दीपले माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । सोही बमोजिम आज क्यानले विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved