छाला चम्काउन चाहनुहुन्छ ? चन्दनको प्रयोग हुन्छ लाभदायक

नेपालभ्युज

छाला चम्काउन चाहनुहुन्छ ? चन्दनको प्रयोग हुन्छ लाभदायक

एजेन्सी । छालामा लगाउनका लागि चन्दन एकदमै मन पराइन्छ । यसमा एकदमै धेरै एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटी गुण हुन्छन् । यसले छालालाई चम्किलो बनाउत तथा छाला सम्बन्धी केही समस्याहरूलाई कम गर्न पनि सहयोग गर्छ ।

आउनुहोस्, जानौं छालालाई चम्किलो बनाउनका लागि चन्दनको प्रयोग गर्ने तरिका–

चन्दन फेस मास्क
चन्दन पाउडरलाई गुलाब जल वा दुधमा मिसाएर राम्रोसँग लेप तयार गर्नुहोस् । अब यो लेपलाई अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् । अब १५ मिनेटसम्म यसलाई सुक्न दिएपछि धुनुहोस् । चन्दनले छालाका पोर्सहरुलाई सफा गर्न राम्रो काम गर्छ ।

चन्दन सीरम
छालालाई चम्किलो बनाउन तथा दागधब्बा कम गर्नका लागि चन्दनको सीरम लगाउनुहोस् । यसका लागि चन्दन पाउडरलाई एलोवेरा जेल वा बदामको तेलमा मिसाउनुहोस् । यसलाई नियमित रुपमा लगाउनुहोस् ।

चन्दन टोनर
चन्दनलाई पानीमा मिलाएर टोनर जसरी प्रयोग गर्न पनि सकिन्छ । यसको प्रयोगले छालाका पोर्सहरुलाई सानो गराउनुका साथै छालामा भएको चिल्लोलाई पनि नियन्त्रण गर्छ ।

चन्दन सनस्क्रीन
चन्दन पाउडरलाई एलोवेरा जेलमा मिसाएर लगाउनुहोस् । यो अर्गानिक सनस्क्रीनले जसरी काम गर्दछ र युवी किरणहरुले छालालाई गर्ने नोक्सानीबाट जोगाउँछ ।

चन्दन स्क्रब
चन्दन पाउडरमा चीनी र नरिवलको तेल मिसाउनुहोस् । यसलाई अनुहार तथा शरीरमा पनि स्क्रब जसरी प्रयोग गर्न सकिन्छ । यसले छालालाई एक्सफोलियट गर्छ र मुलायम तथा चम्किलो बनाउँछ ।

एन्टीएजिंग मास्क
एन्टीएजिंग चन्दन मास्क बनाउनका लागि चन्दन पाउडरमा मह र दही मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् र केहीबेर राखेर सफा गर्नुहोस् । यसले छालालाई चम्किलो बनाउनुका साथै उमेर बढ्दै जाँदा छालामा देखिने समस्याहरु पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved