प्रधानमन्त्री प्रचण्ड दुई दिने सम्मेलनमा भाग लिन युगान्डा जाँदै

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड दुई दिने सम्मेलनमा भाग लिन युगान्डा जाँदै
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डा भ्रमण गर्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

उनकाअनुसार प्रधानमन्त्री दाहालले युगाण्डाको राजधानी कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९ औं सम्मेलनमा भाग लिनेछन् ।

सो अघि ३—४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १—२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved