सुदूरपश्चिम प्रदेशसभाले आज विषयगत समितिका सभापति चयन गर्दै

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशसभाले आज विषयगत समितिका सभापति चयन गर्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले आज विषयगत समितिका सभापति चयन गर्दै छ । प्रदेशसभा सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाले विषयगत समितिका सभापति चयन गर्न लागेको हो ।

समितिका सभापति पदका उम्मेद्वारले हिजै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

दलीय सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीकी माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । थपिएको समिति नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । सदन चलेपछि विषेश अधिकार समितिको गठन गरिने बताइएको छ ।

समिति नेतृत्वविहीन हुँदा प्रदेश सरकारका काम–कारबाहीको नियमन र निगरानीको काम ठप्प छ । सुदूरपश्चिम प्रदेशसभा ५६ सदस्यीय छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved