जीवनमा यी ४ चीजमा नगर्नुहोस् समय बर्बाद

नेपालभ्युज

जीवनमा यी ४ चीजमा नगर्नुहोस् समय बर्बाद

एजेन्सी । जीवनमा हरेक मानिस खुशी रहन चाहन्छ । जो कोही तनावरहित रहन चाहन्छ तर सधैं यस्तो सम्भव भने हुँदैन । हरेक मानिसलाई कुनै न कुनै कुराको तनाव त रहिरन्छ । केही तनाव तथा समस्या हामीले आफ्नो बानीको कारणले पनि झेलिरहेका हुन्छौं ।

आज हामी त्यही चार बानी बताउन गइरहेका छौं । ती बानी परिवर्तन गर्नुभयो वा छोड्नुभयो भने तपाई केही हदसम्म तनावरहित रहन सक्नुहुन्छ । र खुशी आउनेछ ।

-हरेक कुराको एकदमै परिपक्वता वा परफेक्शनको पछाडि भाग्नु हुँदैन । यदि तपाईंले हरेक कुरामा परिपक्व वा पूर्णता हासिल गर्न खोज्नुभयो भने यसले समय बर्बाद हुनेछ । यही कुराको तनावमा सधैं रहनुहुनेछ कि मलाई केही पनि आउँदैन । कोही पनि व्यक्ति हरेक विषयमा पूर्ण हुँदैन भन्ने सधैँ सम्झनु पर्छ ।

-जीवनमा यो जरुरी छैन कि जे कुरा पनि तपाईंको अनुकुलतामा होस् । जब कुनै चीज हामीले चाहेअनुरुप हुँदैन त्यस्तो बेला पछुताउने अवस्था हुन्छ । त्यसैले हरेक विषयमा पछुताउन भन्दा बितेको कुरालाई बिर्सेर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । धेरै कुरामा पछुताउने वा आफूलाई दोष दिने बानीले व्यक्ति अगाडि बढ्न तथा तनावरहित रहन सक्दैन ।

-खुशी रहनका लागि सबैभन्दा जरुरी कुरा जीवन आफ्नो तरिकाले जिउनु हो । जो व्यक्ति अन्य व्यक्तिलाई खुशी राख्नका लागि बाँच्छन् त्यस्ता व्यक्ति आफू भने कहिल्यै खुशी रहन सक्दैनन् ।

-कुनै सम्बन्ध जसमा तपाईंलाई दुःख, तनाव झेल्नु परिरहेको छ भने त्यस्तो सम्बन्धबाट पनि टाढा रहनु पर्छ । प्रेम, साथी वा अन्य सम्बन्धमा त्यस्ता खालका व्यक्तिसँग टाढा रहेमा तपाईंको जीवन सहज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved