राष्ट्रिय सभामा मतदान गर्ने २०४७ जनाको नाम सार्वजनिक

नेपालभ्युज

राष्ट्रिय सभामा मतदान गर्ने २०४७ जनाको नाम सार्वजनिक

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने २०४७ को नाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्नेछन् ।

मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।

त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् भने बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved