जाडोमा सुख्खा छालाको लागि रामवाण हो काँचो दुध

नेपालभ्युज

जाडोमा सुख्खा छालाको लागि रामवाण हो काँचो दुध

एजेन्सी । जाडोमा छाला सुख्खा हुने तथा फुुट्ने समस्या एकदमै धेरै हुन्छ । यो समस्याबाट छुट्कारा पाउन हामीले धेरै उपाय अपनाउँछौं । तर, कुनै कुनै क्रिम झन हानिकारक हुन्छन् ।

तपाईंले घरमै भएको चीजबाट पनि सुख्खा छालाबाट छुट्कारा पाउन सक्नुहुन्छ । त्यसको लागि तपाईंले काँचो दुधको प्रयोग गर्नुपर्ने हुन्छ ।

काँचो दुध सुख्खा छालाको लागि जति प्रभावकारी हुन्छ त्यति कुनै क्रिम पनि हुँदैन । दुई तीन पटक काँचो दुध लगाउँदा नै राम्रो नतिजा पाउन सकिन्छ । काँचो दुधमा थोरै गुलाबजल मिसाएर पनि अनुहारमा लगाउन सक्नुहुन्छ ।

छाला रोग विशेषज्ञका भनाईअनुसार काँचो दुधमा भिटामिन ए, डी र ई भरपूर मात्रामा पाइन्छ । जसले छालालाई मुलायम बनाउनुका साथै मरेका कोषिका निकाल्ने काम पनि गर्छ ।

काँचो दुधमा प्राकृतिक फ्याट हुने गर्छ जसले छालालाई मुलायम बनाउँछ । यसमा ल्याक्टिक एसिड पनि हुन्छ जसले छालाको टेक्चरलाई सुधार्ने काम गर्छ ।

त्यस्तै काँचो दुधमा ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले छालाको नमीलाई बनाइराख्छ र त्यसलाई पोषण पनि दिन्छ । यसलाई अनुहारमा लगाउँदा छाला मुलायम हुन्छ ।

तपाईंले काँचो दुधबाट मास्क बनाएर पनि लगाउन सक्नुहुन्छ । जसका लागि दुध र गुलाबजल मिसाउनुहोस् अनि अनुहारमा लगाएर राम्रोसँग मसाज गर्नुहोस् । केहीबेर राखेपछि यसलाई सफा पानीले धुनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved