बच्चाको पालनपोषणका क्रममा गरिने गल्ती

नेपालभ्युज

बच्चाको पालनपोषणका क्रममा गरिने गल्ती

एजेन्सी । अभिभावक बन्नु भनेको संसारकै अप्ठ्यारो काममध्ये एकमा पर्दछ । हरेक बुवाआमाले चाहन्छन् कि उनीहरुको बच्चा ज्ञानी बनोस ।

बुवाआमा नै बच्चाका सबैभन्दा पहिला गुरु हुन् । यस्तोमा अभिभावकलाई धेरै नै जिम्मेवारी हुन्छ, बच्चालाई कसरी हुर्काउने भन्ने । यहाँ विशेषज्ञले केही टिप्स दिएका छन् जसलाई अपनाउँदा अभिभावकत्व केही सजिलो हुनेछ ।

बच्चालाई हुर्काउँदा घरमा यस्तो माहोल हुनुपर्छ जहाँ हाँसो ठट्टा, प्रेम, रेखदेख तथा अनुशासन भएको होस् ।

हाम्रो समाजमा प्राय: बच्चालाई आफ्नो सपनाको भार दिने चलन छ । कतिपय अभिभावक चाहन्छन् कि बच्चाले त्यो काम गरोस् जो उनीहरुले पूरा गर्न सकेनन् । बच्चाको माध्यमबाट आफ्नो सपना पूरा गर्ने चक्कर अभिभावकले छाड्नुपर्छ ।

त्यस्तै कतिपय अभिभावकले आवश्यक भन्दा धेरै माया गर्छन् जसले गर्दा बच्चाहरु जिद्दी बन्न थाल्छन् । त्यसैले हरेक बच्चा फरक हुन्छ भन्ने सम्झनु पर्दछ ।

धेरै अभिभावक बच्चाको शिक्षक बन्न थाल्छन् । केही कुरा बच्चाबाट पनि सिक्नुपर्दछ । बच्चालाई कसरी जिउने भन्ने बारे तपाईंले सिकाउन सक्नुहुन्छ ।

अभिभावकले बच्चालाई केही स्वतन्त्रता दिन पनि आवश्यक हुन्छ । बच्चालाई वरिपरि हेर्न दिनुहोस्, प्रकृतिसँग समय बिताउन दिनुहोस् र उनीहरुलाई आफैसँग पनि समय बिताउनु दिनुहोस् । यसले बच्चाको दिमाग खुल्छ र स्वास्थ्यमा पनि राम्रो असर पर्छ ।

तपाईंको घरमा लडाईं, झगडा, गालीगलौज जस्ता काम हुन्छ भने त्यसको सिधा असर बच्चामा पर्दछ । आफ्नो बच्चालाई राम्रो व्यवहार सिकाउन चाहनुहुन्छ भने घरमा त्यस्तो माहोल नबनाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved