चौतर्फी आलोचनापछि सच्चिने भयो त्रिविको विज्ञापन

शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएसँगै उक्त विज्ञापन सच्चिने भएको हो ।

नेपालभ्युज

चौतर्फी आलोचनापछि सच्चिने भयो त्रिविको विज्ञापन

काठमाडौं । चौतर्फी आलोचनापछि त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापन सच्चिने भएको हो । शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएसँगै उक्त विज्ञापन सच्चिने भएको हो ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो  कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिएका हुन्।

विज्ञापनमा उल्लेख ‘तीन वर्ष त्रिवि पदाधिकारीमा रहेर काम गरेको हुनुपर्ने’ भन्ने प्रावधानको चर्को आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले विज्ञापन सच्च्याउन भनेका हुन् ।

अब प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त प्रावधानको सट्टा जो कोही नेपालीले उपकुलपतिका लागि आवेदन दिन पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved