सुतेर पनि तौल कम गर्ने केही उपाए

नेपालभ्युज

सुतेर पनि तौल कम गर्ने केही उपाए

एजेन्सी । तौल घटाउन मानिसले नयाँ नयाँ कुरा अभ्यास गरिरहेका हुन्छन् । तर के तपाईंलाई थाहा छ ? सुतेर पनि तौल कम गर्न सकिन्छ । आज हामी यसबारेमा बताउनेछौं ।

ग्रीन टी

तौल कम गर्नका लागि ग्रीन टी एकदमै फाइदाजनक हुन्छ । यसभित्र फ्लेवोनोइड्स पाइन्छ, जसले मेटाबोलिज्मलाई बुस्ट गर्दछ । यस्तोमा तपाईंले सुत्नुअघि ग्रीन टी पिउन सक्नुहुन्छ ।

इन्टरमिटेन्ट फास्टिंग

इन्टरमिटेन्ट फास्टिंग तौल कम गर्नका लागि एकदमै फाइदाजनक हुन्छ । यसरी शरीरमा सुगरको मात्रालाई पनि नियन्त्रित गर्न सकिन्छ । यसले सजिलै फ्याट बर्न हुन्छ ।

सुत्नुअघि खाना

तपाईंले व्यस्तता वा कुनै कारणले सुत्नुअघि खाना खानुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नुहोस् । जहिले पनि तपाईं सुत्नुभन्दा २ देखि ३ घण्टा अगाडि नै खाना खानुहोस् । यसले तपाईंको पाचन प्रक्रियामा पनि राम्रो असर पर्छ ।

क्यामोमाइल चिया

सुत्नुअघि क्यामोमाइल चिया पिउनु पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । यो चियाले शरीरमा ग्लाइसिनको मात्रा बढाउँछ जसले निद्रा लाग्छ । सत्नुअघि एक कप तातो क्यामोमाइल चिया पिउँदा तौल घटाउन सहयोग पुग्छ ।

सुत्ने तरिका

तपाईंलाई थाहा पाएर अचम्म लाग्ला तर सुत्ने तरिका वा पोस्चर पनि तौल बढ्नका लागि जिम्मेवार हुन्छ । ढाड तल पारेर खुट्टा फैलाएर सुत्नु तौल कम गर्नका लागि प्रभावकारी हुन्छ ।

अँध्यारोमा सुत्ने

यस्तो मानिन्छ मेलाटोनिनले हाम्रो शरीरमा ब्राउन फ्याट बनाउँछ जसले क्यालोरी बर्न गर्न सजिलो हुन्छ । यदि तपाईं अध्याँरोमा सुत्नुहुन्छ भने, शरीरमा धेरै मेलाटोनिन बन्ने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved