भारतीय विदेशमन्त्रीसँग भेट्दा यस्तो देखियो नेपाली नेताहरुको बडी ल्याङ्वेज (तस्वीरहरु)

नेपालभ्युज

भारतीय विदेशमन्त्रीसँग भेट्दा यस्तो देखियो नेपाली नेताहरुको बडी ल्याङ्वेज (तस्वीरहरु)

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मुख्य दलका नेतासँग भेटवार्ता गरे ।

दिउँसो प्रधानमन्त्रीसँग भेटेका उनले अपरान्ह दलका नेताहरुसँग छलफल गरेका थिए । मधेसकेन्द्रित तीन दलका नेतासँग भने उनले सामुहिक भेट गरेका थिए ।

ति भेटहरु दुईदेशको सम्बन्धमा केन्द्रित भएको नेताहरुले बताएका छन् । सबै भेटका तस्वीर विदेशमन्त्री जयशंकरले सामाजिक संजालमा राखेका छन् ।

सार्वजनिक भएका तस्वीरमा प्रधानमन्त्री प्रचण्डमा मन्द मुस्कान छ । एमाले अध्यक्ष केपी शर्मा ओली खुसी नै छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बढि नै उत्साहित देखिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको अनुहार भने मलिन देखिन्छ ।

भारतीय विदेशमन्त्रीसँग भेट्दा नेपाली नेताहरुको बडील्याङ्वेज कस्तो थियो ? हेरौं केही तस्वीर :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved