राष्ट्रिय सभामा एमालेलाई सिट दिँदा आफ्नो भाग गुम्ने डरमा एकीकृत समाजवादी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिने विषयले सत्ता गठबन्धनमा गडबडी देखिएको छ ।

नेपालभ्युज

राष्ट्रिय सभामा एमालेलाई सिट दिँदा आफ्नो भाग गुम्ने डरमा एकीकृत समाजवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिने विषयले सत्ता गठबन्धनमा गडबडी देखिएको छ ।

खासगरी सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस नेकपा एमालेलाई पनि सिट दिएर अघि बढ्न तयार भएका छन् । तर सत्ताघटक एकीकृत समाजवादीले भने कांग्रेस–माओवादीको उक्त प्रस्तावलाई अस्वीकार गरेको छ । जसकारण गठबन्धनमा गडबड आएको बताइएको छ ।

स्रोतका अनुसार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा एमालेलाई राष्ट्रिय सभाको सिट बाँड्ने प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमति राखेका हुन् ।

खासगरी संक्रमणकालीन न्याससँग सम्बन्धित विधेयकमा सहमतिको शर्त अघि सार्दै एमालेलाई पनि राष्ट्रियसभामा सीट दिन कांग्रेस र माओवादी सकारात्मक देखिएका हुन् । तर, एमालेलाई सिट दिँदा आफूहरुको भाग खोसिने डरले एकीकृत समाजवादी झस्किएको हो ।

स्रोतका अनुसार एमालेले रिक्त हुने १९ सिटमध्ये ६ सिट मागेको छ । एमालेले ६ सिट लैजाँदा आफूहरुको भागमा पर्ने ३ सिट पनि गुम्ने डरले एकीकृत समाजले उक्त प्रस्ताव नस्वीकारेको हो । एमालेलाई जबरजस्त सिट दिए गठबन्धनमा अप्ठेरो पर्नसक्ने भन्दै कांग्रेस–माओवादीलाई एकीकृत समाजवादीका नेताहरुले सचेत गराएको बुझिएको छ ।

त्यस्तै एकीकृत समाजवादी चाहन्छ कि– राष्ट्रिय सभामा एमाले नील होस् । किनकि, एमालेप्रति एकीकृत समाजवादीमा नराम्ररी ‘इगो’ छ । अझ पार्टी अध्यक्ष माधवकुमार नेपाल जसरी पनि एमाले कमजोर भएको हेर्न चाहन्छन् । एमालेलाई कमजोर बनाएर पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयासमा छन्, नेपाल । र त्यसका लागि आसन्न राष्ट्रि सभा निर्वाचन एउटा मौका हुने उनको बुझाइ हुनसक्छ ।

जे होस् राष्ट्रिय सभामा एमालेलाई भाग दिने कांग्रेस–माओवादीको योजना र दिनै नहुने मान्यता बोकेको एकीकृत समाजवादीका कारण सत्तागठबन्धनमा गडबड आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved