पूर्वअरनिको पक्षमा अदालतको फैसला, बसपार्क नभत्काउन आदेश

नेपालभ्युज

पूर्वअरनिको पक्षमा अदालतको फैसला, बसपार्क नभत्काउन आदेश

काठमाडौं ।  पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिकाविरुद्धको मुद्दा जितेको छ ।

पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका-३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई उच्च अदालत पाटनले निषेधाज्ञाको आदेश दिएसँगै पुर्वअरनिकोले मुद्दा जितेको हो ।

बुधबार न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पूर्वअरनिकोले बनाएको बसपार्क नभत्काउन यस्तो आदेश दिएको हो ।

महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि यातायात कम्पनीको तर्फबाट श्यामबहादुर लामाले रिट निवदेन दिएका थिए ।

पूर्वअरनिको यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर निर्माण गरेको उक्त बसपार्कमा  महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति नदिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved