गर्भवती बलात्कारको आरोपमा एक जना पक्राउ 

नेपालभ्युज

गर्भवती बलात्कारको आरोपमा एक जना पक्राउ 

बाजुरा । बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीय एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए ।

पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved