रौतहटमा दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु

नेपालभ्युज

रौतहटमा दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु

रौतहट। रौतहटमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका दुई भारतीयको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित सीतामढीबाट आएका ३५ वर्षीय पिंकु सिंह २२ वर्षीय अवधेश झा रहेको प्रहरीले जनाएको छ ।

रौतहटमाको चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोकबाट सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राति ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुवैको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

नयाँ वर्षमा पिकनिक मनाएर वाग्मती  नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

दुर्घटनामा टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनीसहित सबै ६ जना घाईते भएका थिए। गम्भीर घाईते भारतीय नागरिक सिंह र झा लाई चन्द्रपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाइएको थियो।

ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारायणी अस्पतालमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved