छोरीहरूलाई तेक्वान्दो बढी सिकाउनुपर्छ : माधव नेपाल

नेपालभ्युज

छोरीहरूलाई तेक्वान्दो बढी सिकाउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताए ।

शुक्रबार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको उनले बताए । तेक्वान्दोलाई अझै विस्तार गर्न आवश्यक रहेको नेपालको भनाइ छ ।

छोरीहरूलाई तेक्वान्दो बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने नेपालले बताए ।

उनले खेलले शरीरलाई स्वस्थ बनाउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved