कीर्तिमानी आरोही कामिरिता शेर्पा काठमाडौंमा (तस्वीरहरू)

नेपालभ्युज

कीर्तिमानी आरोही कामिरिता शेर्पा काठमाडौंमा (तस्वीरहरू)

काठमाडौं । ३०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं आएका छन् ।

शुक्रबार दिउँसो उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई त्यहाँ भव्य स्वागत गरिएको छ ।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सबै भन्दा धेरै आरोहणको कीर्तिमान राख्ने आरोही शेर्पा बनेका छन् ।

३०औं पटक सगरमाथा आरोहण गरेर शेर्पाले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् ।

गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामिरिताले २८औं पटकको रेकर्ड बनाएका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved