मस्को आक्रमणमा आईएसको संलग्नता : रूस

नेपालभ्युज

मस्को आक्रमणमा आईएसको संलग्नता : रूस

काठमाडौं । रूसले मार्चमा भएको मस्को कन्सर्ट हल आक्रमणमा इस्लामिक स्टेट (आईएस)को समन्वय रहेको पहिलो पटक बताएको छ ।

यो आक्रमण रूसमा दुई दशकमा भएको सबैभन्दा घातक आतङ्ककारी आक्रमण हो ।

अनुसन्धानको क्रममा आतङ्कवादीहरूले आक्रमणको तयारी, वित्तीय सहयोग र आक्रमणमा अफगानिस्तान र पाकिस्तानमा सक्रिय आईएस शाखा खोरासान प्रान्त (आईएस–के)का सदस्यहरूले इन्टरनेटमार्फत् समन्वय गरेको पुष्टि भएको रूसी सङ्घीय सुरक्षा सेवा (एफएसबी)का प्रमुख अलेक्जान्डर बोर्तनिकोभले बताए ।

मार्च २२ मा भएको उक्त आक्रमणमा १४० भन्दा बढी मानिस मारिएका अनुसन्धान आईएसले गरिरहेको थियो । यसअघि मस्कोले बारम्बार युक्रेन र पश्चिमलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाउँदै आएको थियो ।

आरआईए नोभोस्ती समाचार एजेन्सीका अनुसार बोर्तनिकोभले आक्रमणमा युक्रेनी संलग्नतालाई समावेश गर्दै भने, “आक्रमणपछि आतङ्ककारीहरूलाई युक्रेनी सीमातिर जान स्पष्ट निर्देशनहरू प्राप्त भएको र त्यहाँबाट उनीहरूलाई भगाउने व्यवस्था गरिएको थियो ।”

युक्रेनले रूसको उक्त दावीको बारम्बार खण्डन गर्दै आएको छ ।

आक्रमणकारीहरूले भवनमा आगो लगाउनुअघि मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हल स्थलमा आक्रमण गरेका थिए । घटनासँग सम्बन्धित रहेको आशङ्कामा चार सन्दिग्ध आक्रमणकारीसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

उनीहरू सबै अफगानिस्तानको उत्तरी सीमामा रहेको पूर्व सोभियत सङ्घबाट भिन्न भएको ताजकिस्तानका नागरिक हुन् ।

अमेरिकाले मार्चको सुरूमा रूसलाई सार्वजनिक रूपमा नै चरमपन्थीहरूले मस्कोमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको जानकारी घटनापूर्व नै दिएको थियो ।

अज्ञात अमेरिकी गुप्तचर अधिकारीहरूले घटनापश्चात अमेरिकी सञ्चारमाध्यममार्फत् उनीहरूले मस्कोलाई आईएसले विशेष गरी क्रोकस सिटी हल आक्रमण गर्ने योजना बनाएको अग्रीम जानकारी गराएको बताएका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved