‘केटाहरूका लागि रुने ठाउँ’ देखाइएको प्रकाश सपुतको गीत युट्युब ट्रेन्डिङमा

नेपालभ्युज

‘केटाहरूका लागि रुने ठाउँ’ देखाइएको प्रकाश सपुतको गीत युट्युब ट्रेन्डिङमा

काठमाडौं । मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान गर्दै सर्जक प्रकाश सपूतले नयाँ गीत ल्याएका छन् ।

‘केटाहरूका लागि रुने ठाउँ’ भन्दै भिडिओमा देखाइएको ‘मुटु कटक्कै’ गीत सोमबार सार्वजनिक भएको हो । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै झन्डै ५ लाख भ्यूज पाउँदै युट्युब ट्रेन्डिङमा छ ।

गीतमा शब्द तथा संगीत सपूत स्वयमका छ । स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

गीतमा प्रकाश सपूत, कुसुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।

नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैँले निर्देशन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved