राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस-माओवादीका नेता बालुवाटारमा

नेपालभ्युज

राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस-माओवादीका नेता बालुवाटारमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको भागबन्डाका मिलाउनका लागि नेपाली कांग्रेस र माओवादीका नेताले छलफल थालेका छन् ।

छलफलका लागि कांग्रेसका नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटरमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ। त्यही आधारमा गठबन्धनमा सीट भागबन्डाको तयारी भइरहेको बताइएको छ ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved