जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

नेपालभ्युज

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो
फाइल फोटो

काठमाडौं। जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० जनाको मृत्यु भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए ।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved