सुदूरपश्चिमलाई हराउँदै कोशी महिला क्रिकेटको फाइनलमा

उपाधिको लागि एपीएफसँग प्रतिस्पर्धा गर्ने

नेपालभ्युज

सुदूरपश्चिमलाई हराउँदै कोशी महिला क्रिकेटको फाइनलमा

काठमाडौं। कोशी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । सुदूरपश्चिमलाई आज ९ विकेटले हराउँदै कोशीले उपाधि भिडन्त पक्का गरेको हो ।

फाइनलमा आगामी बुधबार कोशीले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा कोशीसामु सुदूरपश्चिम कमजोर देखियो ।

८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट क्षतिमा पुरा गरेको थियो । कोशीका लागि काजल श्रेष्ठले अविजित ३८ र अप्सरी बेगमले अविजित १२ रन बनाए। कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन्। उनले २३ बलमा ७ चौका र १ छक्का प्रहार गरेकी थिइन ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा ८८ रन बनायो। सम्झना खड्काले २५ र विन्दु रावलले १७ रन बनाए। कोशीका संगीता राईले २ तथा अलिशा खडिया, निशा शाह र सबनम राईले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved