गगन भन्छन्- यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो

माइतीघरको निषेधित क्षेत्र हटाउन माग

नेपालभ्युज

गगन भन्छन्- यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण बालकुमारी घटना भएको बताएका छन् ।

‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै मन्त्रीले जबर्जस्ती गरेको हो । यो उहाँको चरम लापरबाही हो’, उनी भन्छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस विषयमा मन्त्री ज्वालाले जवाफ दिनुपर्ने पनि बताए ।

बैठकमा गृहमन्त्री र प्रहरी प्रमुखले पनि बालकुमारी घटनामा यातायातमन्त्री प्रकाश ज्वाला दोषी भएको बताएका छन् ।

उनले भने, यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन् । यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो ।

थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन पनि माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved