सुर्खेतमा पनि ‘युवा विद्रोह’, प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

नेपालभ्युज

सुर्खेतमा पनि ‘युवा विद्रोह’, प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन गरिएको । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै प्रर्दशन गरिएको हो।

शनिबार ‘युवा विद्रोह’ नाम दिएर युवाहरू बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् ।

मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ।

शनिबार नै माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर बालकुमारी घटनाको विरोधमा प्रदर्शन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved