आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा

नेपालभ्युज

आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताए ।

क्रेता र बिक्रेताहरूका लागि यो मेला महत्त्वपूर्ण र लाभदायी हुने उनको विश्वास छ । अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको उनको भनाई छ ।

अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताएका छन् । उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरू रहने बताए ।

‘मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको छ । अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य रहेको छ,’ उनले भने ‘घर बेच्नेलाई पनि कहाँ गएर बेच्ने भन्ने समस्या थियो भने किन्नेहरूलाई पनि कहाँ गएर किन्ने भन्ने समस्या थियो । कस्तो प्रविधिको घर किन्दा राम्रो हुन्छ, भन्नेकुराहरु यो घर जग्गा मेलाबाट प्राप्त गर्न सक्छौँ ।’

अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताएका छन् । यस वर्ष मेलामा २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved