कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

नेपालभ्युज

 कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार रहेका पराजुली बुधबार कार्यकक्षबाटै पक्राउ परेका हुन् ।

उनीविरुद्ध पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष र प्रबन्धकले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved