झलनाथको प्रश्न- युवालाई नेता नबनाउने अनि उमेर हद मात्रै राखेर हुन्छ ?

नेपालभ्युज

झलनाथको प्रश्न- युवालाई नेता नबनाउने अनि उमेर हद मात्रै राखेर हुन्छ ?
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीमा ७० वर्षे उमेर हद राख्न नहुने तर्क गरेका छन् ।

पार्टीको ललितपुरमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा उमेर हदसम्बन्धी व्यवस्था सान्दर्भिक नभएको बताएका हुन् ।

‘हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्योभन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ?’, उनले भने, ‘यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन। लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।’

उनले विधान संशोधनमार्फत पार्टीको केन्द्रीय कमिटी घटाउनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved