ए डिभिजनका ६ क्लबले दिए प्रतियोगितामा सहभागी नहुने चेतावनी

नेपालभ्युज

ए डिभिजनका ६ क्लबले दिए प्रतियोगितामा सहभागी नहुने चेतावनी

काठमाडौं। ए डिभिजन लिगका ६ क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन्।

खुमलटार युवा क्लब, सातादोबाटो युथ क्लब, फ्रेन्ड्स क्लब, एनआरटी, चर्च ब्वाईज युनाईटेड र मनाङ मस्र्याङ्दी क्लब गरी ६ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी रकम नपाएमा एन्फको प्रतियोगिताहरुमा सहभागी नहुने चेतावनी दिएका हुन्। ६ क्लबले एन्फका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो।

सो ज्ञापन पत्रमा एक हप्ताको अवधिमा तयारी रकम प्राप्त नभए एन्फका सम्पूर्ण कार्यक्रममा सहभागीता नजनाउने उल्लेख गरिएको छ। क्लबहरुले ए डिभिजन लिगलाई सफल पार्न क्लबलाई तयारी गर्न गरेको लगानी उपलब्ध गराउन एन्फासमक्ष माग राखेका हुन्।

तयारी रकम उपलब्ध नगराउँदा क्लबलाई पुगेको असरबारे पनि एन्फालाई ध्यानाकर्षण गरिएको छ। ए डिभिजनका क्लबले विगत २ संस्करणको तयारी खर्च पाएको छैन। यससँगै क्लबलाई खेलाडी तथा अफिसियलको सुविधा प्रदान गर्न समास्या भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved