प्रो क्लब क्रिकेट : एपीएफ पुलिससँग पराजित

नेपालभ्युज

प्रो क्लब क्रिकेट : एपीएफ पुलिससँग पराजित

काठमाडौं। नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ।

वीरगंज नारायणी क्रिकेट मैदानमा आईतबार भएको खेलमा पुलिसले एपीएफलाई ८९ रनले पराजित गरेको हो। पुलिसको यो दोस्रो जित हो।

एक सय ४१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको एपीएफले १३.२ ओभरमा ५१ रनमा अलआउट भयो। एपीएफका लागि कप्तान प्रदीप ऐरीले २२ रन जोडे। ४ खेलाडी डगआउट हुँदा ५ खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

पुलिसका लागि भने शेर मल्लले ५ विकेट लिए। उनले ८ औँ तथा ११ औँ ओभरमा २–२ विकेट लिए। ललित राजवंशीले २ र आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पुलिसले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १४० रन बनायो। पुलिसको लागि दिलिप नाथले ५६ र सुनिल धमलाले ३५ रन बनाए।

एपीएफका लागि अविनाश बोहोराले ३, रमेश कुर्मीले २ तथा कमल खत्रीले १ विकेट लिए।

३ खेलमध्ये २ मा जित हासिल गरेको पुलिस ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। दोस्रो खेलमा पराजित भएको एपीएफ २ अंकसहित चौथो स्थानमा छ। लगातार २ खेल जितेको नेपाल आर्मी क्लब भने ४ अंकसहित शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved