प्याब्सनको बुद्धिचाल प्रशिक्षण सुरु

नेपालभ्युज

प्याब्सनको बुद्धिचाल प्रशिक्षण सुरु

काठमाडौँ। निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन ‘प्याब्सन’ले दुई दिने प्रथम प्याब्सन बुद्धिचाल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

नेपाल बुद्धिचाल संघका प्रशिक्षक निराजन प्रजापतिले प्रशिक्षण दिने यस कार्यक्रममा ५७ वटा निजी विद्यालयका ६३ जना शिक्षक सहभागी भएका छन्।

विद्यालयका अतिरिक्त क्रियाकलाप समूहका शिक्षकहरूलाई दिन लागेको प्रशिक्षणको आज एक समारोहका बीच प्याब्सन बागमती प्रदेश कमिटीका अध्यक्ष केशवलाल श्रेष्ठले उद्घाटन गरे।

विद्यार्थीहरूमा बुद्धिचाल खेलको विकास गर्न यो प्रशिक्षण कार्यक्रम आयोजना गरेको, कार्यक्रमका संयोजक तथा प्याब्सन काठमाडौँ जिल्ला कमिटीमा सहसचिव ओमप्रसाद ढकालले जानकारी दिए। प्रशिक्षण कार्यक्रम पुस ९ गतेसम्म सञ्चालन हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved