खेलकुद बीमालेख कार्यान्वयनमा, सदस्य–सचिव घिसिङको प्रतिबद्धता पूरा

नेपालभ्युज

खेलकुद बीमालेख कार्यान्वयनमा, सदस्य–सचिव घिसिङको प्रतिबद्धता पूरा

काठमाडौं। खेलकुद बीमालेख कार्यान्वयन गर्ने नेपाल खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङको प्रतिबद्धता पूरा भएको छ।

घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने घोषणा गरेका थिए। यससँगै नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय सुरु भएको छ ।

खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटनासमेतको जोखिम न्यूनीकरणका लागि बीमा सम्बन्धी नीति आवश्यक हुन्छ । यही मान्यतालाई आत्मसात गरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वय गर्ने घोषणा गरेका थिए। सदस्य सचिवको घोषणा कार्यान्वयनमा आएको छ।

नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको छ । खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उद्देश्यका साथ खेलकुद बीमालेख जारी भएको हो । बीमालेखले खेलाडीहरुमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने छ ।

पछिल्लो समय केही ठूला प्रतियोगिताहरुमा खेलाडीहरुको बीमा गर्न सुरु भएतापनि बीमालेख सम्बन्धी स्पष्ट नीतिको अभाव थियो । अब बीमालेख जारी भएपछि सबै प्रकारका प्रतियोगिताहरुमा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीहरुलाई आत्मविश्वासका साथ खेल्ने वातावरण बनाउनु पर्ने हुन्छ।

बीमा लोखको विशेषता :

१. खेलहरुको वर्गीकरण :
क. न्यून जोखिम – टेबलटेनिस, सफ्ट टेनिस,टेनिस, सुटिङ,गल्फ,बडीविल्डिङ,स्क्वास०
ख. सामान्य जोखिम– व्याडमिन्टन,क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ,जुडो,जिम्न्याष्टिक, ह्याण्बल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी,खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ,
ग. जोखिमयुक्त : मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोई, क्वालाईविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल

२. दुर्घटनाका कारण तत्तकाल वा १८३ दिन भित्र मृत्य’ भएमा क्षतिपूर्तिको व्यवस्था
३. पार्थिव शरिर व्यवस्थापन खर्च
४. काजकिरिया खर्च
५. स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था
६. बीमालेखको अवधि
७. बीमा शुल्क दर

नेपालमा खेल संघहरुको संस्थागत विकास सुरु भएको करिव ७६ बर्ष भयो । तर खेलकुद बीमा सम्बन्धी कुनै नीतिगत व्यवस्था हुन सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved