एनएसएलमा आज दुईवटा खेल हुँदै

नेपालभ्युज

एनएसएलमा आज दुईवटा खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग फुटबल एनएसएल फुटबलमा आज दुई खेल हुदै छन् । पहिलो खेल पोखरा थन्डर्स र धनगढी फुटबल क्बलबीच हुने छ । यो खेल दिउसो १ बजे हुने छ ।

दोस्रो खेलमा झापा र चितवन एफसी भिड्ने छन् । चौथो स्थानको झापा फुटबल क्लबले पुछारमा रहेको चितवन एफ.सीको सामना गर्न लागेको हो । यी दुईबीचको खेल साँझ ५ बजे हुनेछ ।

आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

हिजोको खेलमा वीरगञ्जले काठमाडौँलाई ४–१ ले हराएको छ । जितसँगै वीरगञ्ज ७ खेलबाट ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा यथावत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved