नासाले पत्ता लगायो पृथ्वी आकारका १७ चिसा ग्रह, हुन सक्छ जीवन

नेपालभ्युज

नासाले पत्ता लगायो पृथ्वी आकारका १७ चिसा ग्रह, हुन सक्छ जीवन

एजेन्सी । हाम्रो सौर्यमण्डल बाहेक पनि वैज्ञानिकले अध्ययन गरिरहेका छन् । ताकी पृथ्वी बाहिर पनि कतै जीवन खोज्न सकियोस् ।

यही क्रममा नासाले १७ वटा त्यस्ता एक्सोप्लैनेट पत्ता लगाएका छन् जहाँ जीवन हुन सक्छ । यी ग्रहमा भएको बरफ भन्दा तल महासागर लुकेको हुनसक्ने  वैज्ञानिकको अनुमान छ ।

यी सबै एक्सोप्लानेट पृथ्वीकै आकारका छन् । तर, तुलना गर्दा भने कम घनत्व र अत्यधिक चिसो छन् । अध्ययनमा दुई ग्रह प्राक्सिमा सेन्टारी बी र LHS1140 B को विशेष व्याख्या गरिएको छ ।

यी ग्रहमा जब गीजर क्रियाकलापको मात्रा तुलना गरिएको थियो त्यसको नतिजा दंग पार्ने खालको थियो । त्यहाँको गीजर एक्टिविटी बृहस्पतिको चन्द्रमा यूरोपाभन्दा कयौं हजार गुणा धेरै हुन सक्छ ।

वैज्ञानिकको भनाई अनुसार भने यी ग्रहहरुमाथि अझै धेरै अध्ययन गर्न भने बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved