नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैनः प्रधान सेनापति शर्मा

नेपालभ्युज

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैनः प्रधान सेनापति शर्मा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएको बताएका छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन् । नेपाली सेनाका तत्कालिन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताएका हुन् ।

उनले आफुहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारेका हुन् । उनले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेको बताए । उनले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे ।

प्रधान सेनापति शर्माले विवाद ल्याउनेहरु गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताए । जसलाई जे मन लागेपनि बोल्न पाइने भएकाले यस्ता विवादहरु निकालिने गरेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved