गुरुकुलमा गुरुप्रसाद मैनालीको ‘नासो’ (तस्वीरहरु)

गुरुकुलमा गुरुप्रसाद मैनालीको ‘नासो’ (तस्वीरहरु)

काठमाडौं। कथाकार गुरुप्रसाद मैनालीको कथा नासोमा आधारित नाटक ‘नासो’ को आरोहण गुरुकुलको कुञ्ज नाटक घरमा मञ्चन सुरु गरिएको छ। यही पुस ४ गतेदेखि ७ गतेसम्म मञ्चन हुने नाटक ‘नासो’, मैनालीको बहुचर्चित कथासङ्ग्रह नासोमा संग्रहित एघार कथा मध्येको एक कथा हो।

नाटकलाई नाट्य रूपान्तरण तथा निर्देशन राम के.ए.सी. ले गरेका छन्। किरण चापागाईँको सह-निर्देशन रहेको नाटकमा कलाकारहरू नुबु शेर्पा, क्रीशा बरुवाल, सौगात कक्षपति, साइना स्याङ्ताङ्, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी, सेजल काफ्लेको अभिनय रहेको छ।

नेपाली समाजमा रहेको बहुविवाह र समसामयिक विषयमाथि कटाक्ष गरिएको नाटक नासोमा घरको कलह र त्यसबाट बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक असरलाई नजिकबाट देखाइएको छ।

सद्भाव थिएटर नेपालले  सुरुवात गरेको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस ईन्टरनेशनल स्कुल, मालीगाउँको सहकार्यमा नाटक ‘नासो’ तयार पारिएको हो। नाटकमा कोलम्बसका विद्यार्थीहरुको अभिनय रहेको छ।

४ दिनका लागि विशेष मञ्चन हुने यस नाटक पुस ४ गतेदेखि ७ गतेसम्म हरेक दिन ११ र २ बजे मञ्चन हुनेछ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved