राप्रपाले प्रदेश खारेजका लागि आन्दोलन गर्ने

नेपालभ्युज

राप्रपाले प्रदेश खारेजका लागि आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। तीन दिनसम्म काठमाडौं चलेको केन्द्रीय समिति बैठकले हिन्दु राष्ट्र पुनर्स्थापनाका साथै प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।

फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ।

राप्रपाले आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गर्ने भएको हो । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । सो समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रय सदस्यहरु रहनेछन् ।

पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आव्हानसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved